Nepal Life

नेपाल इन्भेष्टमेन्ट बैंकले पोखराको अमरसिंह शाखाको लकर स्थानान्तरण गर्दै, सामान सुरक्षित गर्न अनुरोध

NMB Bank
  • BFIS News
  • 2025 Oct 17 06:06
नेपाल इन्भेष्टमेन्ट बैंकले पोखराको अमरसिंह शाखाको लकर स्थानान्तरण गर्दै, सामान सुरक्षित गर्न अनुरोध
United Ajod

पोखरा । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिका–१०, अमरसिंहचोकमा अवस्थित आफ्नो अमरसिंह शाखा कार्यालय नयाँ भवनमा स्थानान्तरण गर्न लागेको छ । बैंकले जारी गरेको सूचनाअनुसार शाखा कार्यालय मिति २०८२ कार्तिक १६ गतेदेखि नयाँ स्थानबाट सञ्चालन हुने भएको हो ।

Shikhar
Nepal Life
NIMB

यसै क्रममा शाखामा रहेको लकर सेवा मिति २०८२ कार्तिक १४ गतेमा स्थानान्तरण गरिने भएकाले, उक्त शाखामा लकर प्रयोग गर्ने ग्राहक महानुभावहरूले सो मितिभित्र बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्पर्क राखी टुटफुट हुन सक्ने सामग्रीहरू सुरक्षित गर्न अनुरोध गरिएको छ । बैंकले अन्यथा लकर स्थानान्तरणको क्रममा हुन सक्ने क्षतिप्रति बैंक जिम्मेवार नहुने स्पष्ट पारेको छ ।

सूचनाअनुसार, हालको शाखा स्थानबाट करिब ५० मिटर पश्चिमतर्फ नयाँ भवनमा शाखा स्थानान्तरण हुनेछ । नयाँ शाखा पनि पोखरा महानगरपालिका–१०, अमरसिंहचोकमै अवस्थित रहनेछ ।

बैंकले ग्राहकहरूमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै थप जानकारीका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सम्बन्धित शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया