Nepal Life

हिमालयन डिष्ट्रिलरीको लाभांश घोषणा, २० % बोनस शेयर सहित २५ % लाभांश पारितका लागि डाक्यो साधारण सभा

NMB Bank
  • BFIS News
  • 2025 Oct 17 11:18
हिमालयन डिष्ट्रिलरीको लाभांश घोषणा, २० % बोनस शेयर सहित २५ % लाभांश पारितका लागि डाक्यो साधारण सभा
United Ajod

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Shikhar
Nepal Life
NIMB

घोषित लाभांशमध्ये २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) समावेश गरिएको छ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा २५औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने जानकारी गराएको छ। यसअनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया