Nepal Life

अविरल वर्षा, बाढी तथा पहिरोका कारण बीमा दाबी ३ अर्ब नाघ्यो

NMB Bank
  • BFIS News
  • 2025 Oct 17 17:56
अविरल वर्षा, बाढी तथा पहिरोका कारण बीमा दाबी ३ अर्ब नाघ्यो
United Ajod

काठमाडौं, असोज ३० — असोज १८ गतेदेखि देशभर परेको लगातारको वर्षा र त्यसबाट उत्पन्न बाढी तथा पहिरोका कारण अहिलेसम्म करिब रु. ३ अर्ब २६ करोड ७६ लाख बराबरको बीमा दाबी परेको छ।

Shikhar
Nepal Life
NIMB

निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त जानकारी अनुसार, हालसम्म १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा ७०४ वटा बीमा दाबी परेका छन्। यी सबै दाबीहरू हाल अध्ययन तथा प्रक्रिया अन्तर्गत रहेका छन्।

निर्जीवन बीमा कम्पनीहरूको पोर्टफोलियो अनुसार भौतिक सम्पत्तिको क्षति, सवारी दुर्घटना, कृषिजन्य सम्पत्तिमा क्षति, उद्योगधन्दा तथा अन्य संरचनामा परेको असर लगायतका बिवरणहरूमा आधारित रहेर दाबीहरू परेका हुन्।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशील देव सुवेदीले यस्ता विपद् स्थितिमा बीमा क्षेत्रले चाँडो तथा प्रभावकारी सेवा पुर्‍याउनेतर्फ लागिरहेको जानकारी दिएका छन्।

उनका अनुसार बीमा कम्पनीहरूले आवश्यक मूल्यांकन गरी पीडितहरूलाई यथासिघ्र बीमा दाबी भुक्तानीको प्रक्रिया अघि बढाइरहेका छन्। यसैबीच, बीमा समितिले पनि समन्वयात्मक रूपमा निगरानी तथा सहजीकरण गरिरहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया