Nepal Life

जेन जी आन्दोलनका क्रममा परेका बीमा दाबीको रकम २३ अर्ब नाघ्यो, २ अर्बभन्दा बढी भुक्तानी वितरण

NMB Bank
  • BFIS News
  • 2025 Oct 17 18:03
जेन जी आन्दोलनका क्रममा परेका बीमा दाबीको रकम २३ अर्ब नाघ्यो, २ अर्बभन्दा बढी भुक्तानी वितरण
United Ajod

काठमाडौं, असोज ३१ – जेन जी आन्दोलनका क्रममा भएको भौतिक र अन्य क्षतिको बीमा दाबी सम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गरिएको छ। निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार हालसम्म ३ हजार १६६ वटा बीमा दाबी दर्ता भइसकेका छन्, जसको कूल दाबी रकम करिब २३ अर्ब २० करोड ९१ लाख रुपैयाँ पुगेको छ।

Shikhar
Nepal Life
NIMB

विविध १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका यी दाबीहरूमध्ये, हालसम्म करिब २ अर्ब १ करोड ९८ लाख रुपैयाँ बीमितहरूलाई अग्रिम भुक्तानीसहित वितरण भइसकेको बीमा कम्पनीहरूले जनाएका छन्।

बीमा दाबीको मूल्याङ्कन र अनुगमनको लागि २ हजार ७९१ वटा दाबीमा सर्भेयर खटाइएकोमा ६५४ वटा सर्भे प्रतिवेदनहरू प्राप्त भइसकेका छन्।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूले २ हजार ७३३ वटा पुनर्बीमा दाबी गरेका छन्, जसअन्तर्गत पुनर्बीमा दाबी रकम करिब १५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ रहेको छ। यसमध्ये करिब १ अर्ब ६३ करोड ३५ लाख रुपैयाँ पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानी गरिसकेको छ।

पुनर्बीमा दाबीको मूल्याङ्कन र अनुगमनका लागि ६० वटा दाबीमा संयुक्त बीमा सर्भेयरहरू खटाइएको जानकारी पनि प्राप्त भएको छ।

बीमा कम्पनीहरूले आन्दोलनबाट प्रभावित बीमितहरूलाई यथासम्भव छिटो राहत प्रदान गर्न कार्य भइरहेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुशिलदेव सुवेदीले बताएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया