Nepal Life

सिद्धार्थ बैंकले २४औं वार्षिक साधारण सभा कात्तिक ३० गते बोलायो, लाभांश प्रस्ताव पारित हुने

NMB Bank
  • BFIS News
  • 2025 Oct 19 09:12
सिद्धार्थ बैंकले २४औं वार्षिक साधारण सभा कात्तिक ३० गते बोलायो, लाभांश प्रस्ताव पारित हुने
United Ajod

काठमाडौँ, कात्तिक २ — सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने प्रस्तावित लाभांश पारित गर्न २४औं वार्षिक साधारण सभा कात्तिक ३० गते, आइतबारका दिन बोलाएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले जारी गरेको सूचनाअनुसार, सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ। सभामा प्रमुख रूपमा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र त्यसबाट लाग्ने कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।

त्यसका साथै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरूको नियुक्ति, सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको अतिरिक्त खर्चको अनुमोदन, र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिको प्रस्ताव समेत पारित गर्नेछ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। सो अनुसार, कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार गरी नाम दर्ता भएका शेयरधनीहरूले सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो, जसले समयानुकूल शेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया