Nepal Life

सानिमा बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न, ७.३६% नगद लाभांश वितरणको प्रस्ताव पारित

NMB Bank
  • BFIS News
  • 2025 Oct 19 20:21
सानिमा बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न, ७.३६% नगद लाभांश वितरणको प्रस्ताव पारित
United Ajod

काठमाडौं, कार्तिक २ गते — सानिमा बैंक लिमिटेडको २१ औं वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ। सभाले बैंकका सञ्चालक समितिको विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरेको छ।

Shikhar
Nepal Life
NIMB

सभाले आर्थिक वर्ष २०८१/८२ को लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्दै, सो अवधिको लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेडको समावेश वित्तीय विवरणलाई समेत अनुमोदन गरेको छ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ७.३६८५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

साधारणसभामा संस्थापक समूह 'क' तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाखलाई निर्बिरोध निर्वाचित भएका छन्।

सभाले विशेष प्रस्ताव अन्तर्गत ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय समेत गरेको छ। सो शेयर रु.१०० अंकित दरमा रु. २ अर्ब बराबरको हुनेछ, जुन सम्बन्धित नियमनकारी निकायहरूको स्वीकृति पश्चात जारी गरिनेछ।

त्यस्तै, बैंकको अधिकृत पूँजी हालको रु. २० अर्बबाट बढाएर रु. २२ अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गरिएको छ। अग्राधिकार शेयर जारी गरेपछि बैंकको जारी तथा चुक्ता पूँजी पनि सोही अनुपातमा वृद्धि गरिनेछ।

नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरूबाट निर्देशन भएमा आवश्यकतानुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

सानिमा बैंकले पछिल्ला वर्षहरूमा सन्तुलित वित्तीय वृद्धि गर्दै आइरहेको छ। यो साधारणसभा बैंकको दीर्घकालीन रणनीतिक योजना कार्यान्वयनमा एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया