Nepal Life

सानिमा बैंकका सिइओ पाण्डेको वार्षिक तलब सुविधा एक करोड १९ लाख

NMB Bank
  • BFIS News
  • 2025 Oct 19 22:03
सानिमा बैंकका सिइओ पाण्डेको वार्षिक तलब सुविधा एक करोड १९ लाख
United Ajod

काठमाडौं। सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चल पाण्डेले आर्थिक वर्ष २०८१/८२ मा तलब, भत्ता तथा अन्य सुविधाहरु सहित एक करोड १९ लाख रुपैयाँ प्राप्त गरेका छन्। बैंकको वार्षिक विवरण अनुसार उनले यस बाहेक बैंकबाट नियम अनुसार बोनस समेत पाएका छन्।

Shikhar
Nepal Life
NIMB

बैंकका अनुसार पाण्डेले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि यस्तै रकम तलब, भत्ता र सुविधा स्वरूप प्राप्त गरेका थिए। 

उनीसंगै बैंकका अन्य प्रमुख व्यवस्थापकहरुले समग्रमा ५ करोड ९६ लाख रुपैयाँ तलब, भत्ता तथा अन्य सुविधा बुझेका छन्। यसैगरी, बैंकका सञ्चालक समितिका पदाधिकारीहरुले गएको आर्थिक वर्षमा ५९ लाख ५८ हजार रुपैयाँ बराबरको बैठक भत्ता तथा अन्य सुविधा प्राप्त गरेको विवरणमा उल्लेख छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया