Nepal Life

बैंक वित्तीय संस्थाले दुई महिनाको मुनाफाबाट कर्मचारीलाई छुट्ट्याए २ अर्ब ७२ करोड रुपैयाँको बोनस

NMB Bank
  • BFIS News
  • 2025 Oct 22 17:10
बैंक वित्तीय संस्थाले दुई महिनाको मुनाफाबाट कर्मचारीलाई छुट्ट्याए २ अर्ब ७२ करोड रुपैयाँको बोनस
United Ajod

काठमाडौं। बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कर्मचारीका लागि २ अर्ब ७२ करोड रुपैयाँ बोनस रकम छुट्टाएका छन्। बैंकहरुले यस अवधिमा १८ अर्ब २२ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन्।

Shikhar
Nepal Life
NIMB

नियम अनुसार बैंकहरुले मुनाफाको १० प्रतिशत रकम कर्मचारीका लागि छुट्ट्याउनु पर्छ। यो रकम आर्थिक वर्ष समाप्त भए पनि बैंकहरुले दुई पटक गरेर वितरण गर्नेछन्। पहिलो पटक आर्थिक वर्ष समाप्त भए पछि र अर्को लेखापरीक्षण सम्पन्न भए पछि प्रदान गर्ने छन्।

यस अवधिमा ग्लोबल आइएमई बैंकले सर्वाधिक धेरै एक अर्ब ६२ करोड रुपैयाँ मुनाफा आर्जन गर्दै २५ करोड ८४ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। त्यस्तै दोस्रो धेरै मुनाफा नबिल बैंकले एक अर्ब ३२ करोड आर्जन गर्दै २१ करोड ६ लाख रुपैयाँ सुरक्षित गरिदिएको छ।

तेस्रो धेरै मुनाफा आर्जन गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक परेको छ। बैंकले समिक्षा अवधिमा एक अर्ब २६ करोड आर्जन गर्दै २० करोड ४५ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। चौथो धेरै कुमारी बैंकले एक अर्ब ५ करोडबाट १९ करोड १६ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ।

त्यस्तै प्राइम बैंकले एक अर्ब ४ करोडबाट १६ करोड ६२ लाख, एनएमबीले एक अर्ब तीन करोडबाट १६ करोड ३६ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। विकास बैंक तर्फ मुक्तिनाथ विकास बैंकले ३६ करोड १७ लाखबाट ५ करोड ७४ लाख रुपैयाँ सुरक्षित गरेको छ। फाइनान्स तर्फ आइसिएफसीले ३ करोड ६९ लाखबाट ५८ लाख प्रोभिजनिङ गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया