Nepal Life

७५ कम्पनीले ५४ अर्ब १५ करोडको आइपिओ ल्याउदै, उत्पादन मुलक कम्पनीको ध्यान प्रिमियममा

NMB Bank
  • BFIS News
  • 2025 Oct 22 19:19
७५ कम्पनीले ५४ अर्ब १५ करोडको आइपिओ ल्याउदै, उत्पादन मुलक कम्पनीको ध्यान प्रिमियममा
United Ajod

काठमाडौं। ७५ वटा कम्पनीले ७५ अर्ब १५ करोड रुपैयाँको आइपिओ निष्काशन गर्ने भएका छन्। नेपाल धितोपत्र बोर्डका अनुसार होटल तथा पर्यटन समुहका ४ वटा कम्पनीले एक अर्ब ४२ करोड रुपैयाँको आइपिओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएका छन्।

Shikhar
Nepal Life
NIMB

त्यस्तै जलविद्युत समुहबाट ३७ वटा कम्पनीले १८ अर्ब २६ करोडको आइपिओ निष्काशन गर्दै छन्। धितोपत्र बोर्डले पछिल्लो समय संशोधन गर्ने धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका अनुसार धेरै वटा जलविद्युत कम्पनीहरुले आवेदन दिए पनि सार्वजनिक निष्काशनका लागि योग्य देखिएका छैनन्। धितोपत्र बोर्डका कारण जलविद्युत कम्पनीले आइपिओ निष्काशन गर्न नपाएको भन्दै स्वतन्त्र उर्जा उत्पादक संघले पत्रकार सम्मेलन नै गरेर विरोध जनाएको थियो।

इन्भेष्टमेन्ट कम्पनीहरुको तर्फबाट ३ वटाले तीन अर्ब १४ करोड रुपैयाँको आइपिओ निष्काशनका लागि निवेदन दिएका छन्। पछिल्लो समय शेयर बजारमा उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरु आइपिओ निष्काशनका लागि आकर्षित देखिएका छन्। यस समुहबाट पनि १६ वटा कम्पनीले २७ अर्ब ४ करोड रुपैयाँको आइपिओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका छन्।

लघु बीमा कम्पनी तर्फ पनि तीन वटाले ६७ करोड ५० लाख रुपैयाँको आइपिओ निष्काशन गर्दै छन्। अन्य समुह तर्फ १० वटाको आवेदन परेको छ। उनिहरुले तीन अर्ब ४३ करोड रुपैयाँको आइपिओ निष्काशन गर्दै छन्।

ह्याम्स हस्पिटलले प्रति कित्ता २८८ रुपैयाँ प्रिमियम सहित ११ लाख २५ हजार कित्ता शयर जारी गर्ने भएको छ। कैलाश हेलिकप्टरले प्रति कित्ता ४०० रुपैयाँ प्रिमियम सहित १४ लाख ३७ हजार कित्ता शेयर जारी गर्ने अनुमति माग गरेको छ।

हुलास इन्फ्राले प्रति कित्ता ३३३.५६ रुपैयाँ प्रिमियम सहित ३५ लाख ४७ हजार कित्ता आइपिओ ल्याउन आवेदन दिएको छ। अम्बे स्टिले प्रति कित्ता ३०० रुपैयाँ प्रिमियममा एक करोड ११ हजार कित्ता शेयर जारी गर्दै छ।

ऋद्धिसिद्धि सिमेन्टले प्रति कित्ता २१४.१० रुपैयाँ प्रिमियमा एक करोड २१ लाख कित्ता शेयर जारी गर्दै छ। त्यस्तै जगदम्बा स्टिल, मारुति सिमेन्ट, सौर्य सिमेन्टले पनि प्रिमियममा शेयर जारी गर्दैछ।

नेपाल धितोपत्र बोर्डको पछिल्लो आन्दोलनका कारण सार्वजनिक निष्काशनको अनुमति प्रकृया नै प्रभावित बनिरहेको छ। बोर्डको अध्यक्षको राजिनामा लगायतका मुद्दाहरु उठाउदै आन्तरिक तथा बाह्यक दवावका कारण बोर्डले पछिल्लो समय राम्रो सँग काम गर्न पाएको छैन। यसले गर्दा धेरै वटा कम्पनीहरुले आइपिओ निष्काशन गर्न नपाएका हुन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया