Nepal Life

बैंकहरुलाई पहिलो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्ने अवधि थप

NMB Bank
  • BFIS News
  • 2025 Oct 26 12:19
बैंकहरुलाई पहिलो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्ने अवधि थप
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थि‍क वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिका लागि ब्याज आम्दानीको लेखा र प्रतिवेदन सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकका अनुसार, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले ब्याज आम्दानीलाई प्रचलित लेखा नीतिअनुसार accrual basis मा प्रविष्ट गर्नुपर्नेछ। तथापि, कात्तिक १५, २०८२ सम्म प्राप्त नभएको ब्याज आम्दानीको बाँकी रकमलाई तोकिएको क्रमअनुसार वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्देशनअनुसार, सो ब्याज आम्दानीबाट पहिले दिएको आयकर, कर्मचारी बोनस, तथा वैधानिक कोषहरू (जस्तै साधारण कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा रकम विनियोजन गर्नुपर्नेछ। बाँकी रकमलाई सञ्चित नाफा (retained earnings) को रूपमा वर्गीकरण गरी नियामक कोषमा जम्मा गर्नुपर्ने राष्ट्र बैंक जनाएको छ।

यससँगै, ‘क, ख, र ग’ वर्गका बैंक तथा वित्तीय संस्था साथै पूर्वाधार विकास बैंकहरूलाई आ.व. २०८२/८३ को पहिलो त्रैमासिक अवधिको मासिक र त्रैमासिक प्रतिवेदनहरू तथा अन्तरिम वित्तीय विवरणहरू राष्ट्र बैंकमा बुझाउन अनुरोध गरिएको छ।

राष्ट्र बैंकले यी विवरणहरू बुझाउने र प्रकाशन गर्ने म्यादलाई कात्तिक २१, २०८२ सम्मका लागि विस्तार गरेको जानकारी दिएको छ। यो व्यवस्था वित्तीय विवरणको शुद्धता र समयमै प्रतिवेदन सुनिश्चित गर्नका लागि गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

राष्ट्र बैंकले सबै सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई सो निर्देशनको पालना गर्न र तोकिएको म्यादभित्र प्रतिवेदन बुझाउन अनुरोध गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया