Nepal Life

तिहार पछि पनि अधिक तरलता कायमै, राष्ट्र बैंकले बजारबाट ९० अर्ब निक्षेप तान्दै

NMB Bank
  • BFIS News
  • 2025 Oct 26 12:35
तिहार पछि पनि अधिक तरलता कायमै, राष्ट्र बैंकले बजारबाट ९० अर्ब निक्षेप तान्दै
United Ajod

काठमाडौं। तिहारपछि पनि वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतवार ९० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रणालीद्वारा उक्त निक्षेप संकलन गर्न लागेको हो। हाल वित्तीय प्रणालीमा कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। केन्द्रीय बैंकले ब्याजदर व्यवस्थापन र तरलता सन्तुलनका लागि निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत नियमित रूपमा तरलता तान्दै आएको छ।

राष्ट्र बैंकको भनाइअनुसार आज हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाहरूले बोलकबोलमा दिएका ब्याजदरमध्ये सबैभन्दा कम दरलाई प्राथमिकता दिइनेछ र सोही क्रममा आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ।

बोलकबोल अनलाइन खरिद प्रणालीमार्फत हुनेछ र ब्याजदर पनि सोही माध्यमबाट निर्धारण हुनेछ। निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याजको भुक्तानी मंसिर २१ गते २०८२ मा हुने राष्ट्र बैंकले जनाएको छ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा कुल आह्वान रकमसम्म ५ करोड रुपैयाँले भाग जाने गरी निर्धारण गरिएको छ।

केन्द्रीय बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा बजार ब्याजदर व्यवस्थित गर्न अधिकतम ६ महिनाको अवधिका दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ।

यही व्यवस्थाअनुसार राष्ट्र बैंकले पछिल्ला महिनाहरूमा पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै वित्तीय प्रणालीको अतिरिक्त तरलता व्यवस्थापन गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया