Nepal Life

हरिबहादुर थापाले श्रीमतिलाई जन्मदिनको अवसरमा दिए सिटिजन लाइफको बीमा पोलिसी उपहार

NMB Bank
  • BFIS News
  • 2025 Oct 27 08:54
हरिबहादुर थापाले श्रीमतिलाई जन्मदिनको अवसरमा दिए सिटिजन लाइफको बीमा पोलिसी उपहार
United Ajod

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर हरिबहादुर थापाले आफ्नी श्रीमतीको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन्। उनले जन्मदिनका अन्य उपहारहरूभन्दा जीवनसुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने बीमा पोलिसी नै आफ्नो जीवनसाथीलाई उपहार दिने निर्णय गरेका हुन्।

Shikhar
Nepal Life
NIMB

थापाले सामाजिक सञ्जालमार्फत आफ्नो भावनात्मक सन्देश सार्वजनिक गर्दै भनेका छन्, “आज मेरो जीवनसंगिनी, माया, प्रेरणा, हरेक खुशी र संघर्षकी साथी— मेरी श्रीमतीको जन्मदिन हो। जिन्दगीको लामो यात्रामा हामी दुई मुटु एक भएर अघि बढिरहेका छौं। मैले उनलाई सधैं माया, आदर र साथ दिएको छु, र उनले पनि उत्तिकै माया र समर्थन दिएकी छन्।”

उनले थप लेखेका छन्, “तर म बुझ्छु — साँचो माया भनेको केवल साथ दिनु मात्र होइन, सुरक्षा दिनु पनि हो। त्यसैले आजको विशेष दिनमा मैले उनको नाममा दोस्रो जीवन बीमा पोलिसी उपहार दिएको छु। यो उपहार केवल आर्थिक लेनदेन होइन, भविष्यप्रतिको तयारी र परिवारप्रतिको वाचा हो।”

थापाले यसअघि पनि आफ्नी श्रीमतीको नाममा बीमा पोलिसी लिएर जिम्मेवारीको अर्थ सिकेको उल्लेख गर्दै, दोस्रो बीमाबाट माया र भविष्यप्रतिको तयारीलाई अझ मजबुत बनाएको बताएका छन्। उनका अनुसार, बीमा पैसा होइन, परिवारप्रतिको वाचा, भविष्यप्रतिको भरोसा र मायाको गहिरो रूप हो।

थापाले आफ्नो सन्देशमा लेखेका छन्, “जीवन अनिश्चित छ, तर तयारी निश्चित हुनुपर्छ। मेरो परिवारले कहिल्यै असुरक्षित महसुस नगरोस् भन्ने चाहना राखेको छु। आजको दिन मेरो श्रीमतीको जन्मदिन मात्र होइन, मेरो परिवारको सुरक्षा र मायाको उत्सव पनि हो।”

थापाको यो कदमले बीमाको सामाजिक र भावनात्मक मूल्यलाई पनि उजागर गरेको देखिन्छ। जहाँ बीमा केवल वित्तीय सुरक्षा होइन, परिवारप्रतिको गहिरो माया र जिम्मेवारीको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया