Nepal Life

गोर्खाज फाइनान्सका अध्यक्ष गौरब बुढाथोकी र सञ्चालक नीलम बोहराको राजिनामा, कल्पना खापुङ नयाँ अध्यक्ष चयन

NMB Bank
  • BFIS News
  • 2025 Oct 28 11:21
गोर्खाज फाइनान्सका अध्यक्ष गौरब बुढाथोकी र सञ्चालक नीलम बोहराको राजिनामा, कल्पना खापुङ नयाँ अध्यक्ष चयन
United Ajod

काठमाडौं। गोर्खाज फाइनान्स लिमिटेडका अध्यक्ष गौरब बुढाथोकी र सञ्चालक नीलम बोहराले पदबाट राजिनामा दिएका छन्। दुबैजना सञ्चालकले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएपछि फाइनान्सको सञ्चालक समितिले नयाँ अध्यक्षको चयन गरेको छ।

Shikhar
Nepal Life
NIMB

संस्थाका सञ्चालक समितिका अध्यक्ष रहेका गौरब बुढाथोकीले मिति २०८२ साल असोज ९ गते व्यक्तिगत कारणले सञ्चालक समितिको अध्यक्ष र सदस्य दुवै पदबाट राजिनामा दिएका थिए। उक्त राजिनामा फाइनान्सको मिति २०८२ साल असोज ११ गते (मंगलबार) बसेको सञ्चालक समितिको ५३२औं बैठकले स्वीकृत गरेको जनाएको छ।

त्यसैगरी, सोही बैठकले बुढाथोकीको राजिनामा स्वीकृत गर्दै संस्थापक सञ्चालक कल्पना खापुङलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत निर्णयका साथ चयन गरेको छ। नयाँ अध्यक्षको जिम्मेवारी मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी प्रदान गरिएको फाइनान्सले जनाएको छ।

यस्तै, संस्थाकी सञ्चालक नीलम बोहराले पनि व्यक्तिगत कारणले सञ्चालक पदबाट राजिनामा दिएकी छन्। उनको राजिनामा पनि सोही मिति २०८२/०७/११ गते बसेको ५३२औं बैठकले स्वीकृत गरेको छ।

एकै पटक दुई सञ्चालकको राजिनामापछि गोर्खाज फाइनान्सको गतिविधि र आगामी रणनीतिप्रति बजारका सरोकारवालाहरूको चासो बढेको देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया