Nepal Life

क्रेडिट कार्ड प्रयोग गर्दा सर्तहरु बुझेर मात्रै प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध

NMB Bank
  • BFIS News
  • 2025 Oct 28 11:53
क्रेडिट कार्ड प्रयोग गर्दा सर्तहरु बुझेर मात्रै प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकले क्रेडिट कार्ड प्रयोग गर्दा सबै सर्त र प्रावधानहरू राम्रोसँग बुझेर मात्र प्रयोग गर्न सबैलाई अनुरोध गरेको छ। राष्ट्र बैंकका अनुसार, क्रेडिट कार्ड अनुमतिपत्र प्राप्त ‘क’ तथा राष्ट्रियस्तरका ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानी उपकरण हो, जसको माध्यमबाट वस्तु तथा सेवाको मूल्य भुक्तानी गर्नका साथै तोकिएको सीमासम्म नगद पनि निकाल्न सकिन्छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकले क्रेडिट कार्डलाई सही रूपमा प्रयोग गर्न सकेमा यो सुविधाजनक र सुरक्षित भुक्तानी माध्यम हुने बताएको छ। तर लापरबाहीपूर्वक प्रयोग गरेमा यसले उच्च ब्याजदर र आर्थिक बोझ निम्त्याउन सक्ने चेतावनी दिएको छ।

क्रेडिट कार्डको बिल तोकिएको समयभित्र तिर्दा कुनै ब्याज वा अतिरिक्त शुल्क लाग्दैन। तर समयमै भुक्तानी नगरेमा उच्च दरको ब्याज र हर्जाना लाग्ने राष्ट्र बैंकले जनाएको छ। क्रेडिट कार्ड प्रयोग गर्नुअघि निम्न विषयहरूबारे जानकारी राख्न राष्ट्र बैंकले सुझाव दिएको छः

१. क्रेडिट सीमा

२. शुल्क तथा ब्याजदर

३. बिल तयार हुने मिति र भुक्तानी गर्नुपर्ने समयसीमा

४. समयमा भुक्तानी नगरेमा लाग्ने अतिरिक्त शुल्क र ब्याज

राष्ट्र बैंकले नागरिकलाई सर्त बुझेर जिम्मेवारीपूर्वक क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गर्दै भनेको छ “क्रेडिट कार्ड सजग ग्राहकको पहिचान हो।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया