Nepal Life

किस्ट अस्पताल र मृतकका आफन्तबिच सहमति

NMB Bank
  • BFIS News
  • 2025 Oct 28 14:33
किस्ट अस्पताल र मृतकका आफन्तबिच सहमति
United Ajod

काठमाडौँ, कात्तिक ११ गते । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलाका आफन्त र अस्पताल पक्षबीच सहमति भएको छ।

Shikhar
Nepal Life
NIMB

ललितपुर जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकाय, अस्पताल प्रशासन र मृतक परिवारबीच भएको छलफलपछि सहमति जुटेको हो।

अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकका अनुसार, मृतकको उपचारमा लागेको खर्च अस्पतालले माफ गर्ने, र नवजात शिशुको पेडियाट्रिक उमेरसम्मको सम्पूर्ण उपचार खर्च अस्पतालले नै बेहोर्ने सहमति गरिएको छ।

सहमति भएपछि मृतक परिवारले अस्पताल परिसरमै श्रद्धाञ्जली सभा आयोजना गरी शव बुझ्ने तयारी गरेका छन्।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मीनाश्री राईको शुक्रबार राति सुत्केरीपछिको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

तर मृतकका आफन्तले भने चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। उनीहरूले सोमबार अस्पताल परिसरमा आक्रोश प्रदर्शन गर्दै तोडफोड समेत गरेका थिए। त्यस क्रममा प्रहरी र आफन्तबीच झडप समेत भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया