Nepal Life

जेनजी आन्दोलन पछि पहिलो पटक देखियो शेयर बजारमा रौनक, सूचक ६२ अंकले बढ्यो

NMB Bank
  • BFIS News
  • 2025 Oct 28 15:15
जेनजी आन्दोलन पछि पहिलो पटक देखियो शेयर बजारमा रौनक, सूचक ६२ अंकले बढ्यो
United Ajod

काठमाडौं। जेनजी आन्दोलन पछि पहिलो पटक शेयर बजारमा रौनकता छाएको छ। आइतबार सामान्य अंकले सुधारिएको शेयर बजार आज मंगलबार भने ६२.२९ अंकले बढेको छ। नेप्से सूचक २.४८ प्रतिशतले बढेर २५७१ अंक कायम भएको छ। बजार विश्लेषकहरुले २४८० अंकबाट बजार फर्किने भन्दै विश्लेषण गर्दै आइरहेका थिए। 

Shikhar
Nepal Life
NIMB

यद्यपी बजारमा अजै पनि राजनीतिक अस्थिरताको दवाव र प्रभाव भने कायमै रहने देखिन्छ। आज ४ अर्ब ५७ करोडको कारोबार हुँदा २३६ वटा कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ। ङ्यादी, बुटवल पावर, एक्सेल डेभलपमेन्ट बैंक, राधि विद्युत, लुम्बिनी विकास बैंकको शेयर मूल्य सर्किट लेभलमा बृद्धि भएको छ। 

अहिलेको अवस्थामा सम्पुर्ण आर्थिक सूचकहरु सकारात्मक छन्। बैंकमा प्रयाप्त तरलता छ भने व्याजदर पनि तल्लो विन्दुमा छ। बैंकहरुले शेयरधितो कर्जामा फोकस गरिरहेका छन्। यदि राजनीतिक अस्थिरता समाधान हुँदै गयो भने शेयर बजारले पनि अधिकतम विन्दुलाई चुम्ने विश्लेषकहरु बताउछन्। तर यस भन्दा अगाडी सरकारले तोकेको समयमा चुनाव हुन्छ या हुँदैन र सर्वोच्चले संसद पुनर्थापना गर्छ या गर्दैन भन्ने अन्योलता क्लियर हुनु पर्छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया