Nepal Life

युनिलिभरको लाभांशबाट रविभक्त एक्लैको हातमा ९ करोड ५९ लाख, भारतले एक अर्ब ३५ करोड लैजाने

NMB Bank
  • BFIS News
  • 2025 Oct 28 16:40
युनिलिभरको लाभांशबाट रविभक्त एक्लैको हातमा ९ करोड ५९ लाख, भारतले एक अर्ब ३५ करोड लैजाने
United Ajod

काठमाडौं। शेयर बजारको सबैभन्दा महंगो कम्पनी युनिलिभर नेपालले शेयरधनीलाई अहिलेसम्मकै सर्वाधिक धेरै १८४२ प्रतिशत अर्थात एक अर्ब ६९ करोड रुपैयाँ मुनाफा वितरण गर्दैछ। यस मध्ये सर्वाधिक धेरै रकम भारतीय कम्पनी हिन्दुस्तान युनिलिभर लिमिटेडले ८० प्रतिशत अर्थात एक अर्ब ३५ करोड रुपैयाँ मुनाफा लैजानेछ।

Shikhar
Nepal Life
NIMB

बाँकी ३३ करोड ९१ लाख रुपैयाँ मात्रै नेपाली शेयरधनीले पाउने छन्। त्यसमा पनि ५ प्रतिशत हिस्सा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संस्थापक शेयरधनी आइजे ग्रुप होल्डिङ्सले ८ करोड ४७ लाख रुपैयाँ पाउनेछ।

बाँकी १५ प्रतिशत सर्वसाधारण लगानीकर्ताहरु सँग छ। यसमा पनि कम्पनीको सञ्चालक समेत रहेका र आइजे ग्रुप होल्डिङ्सका अध्यक्ष रविभक्त श्रेष्ठ सँग व्यक्तिगत रुपमा ५ हजार २१० कित्ता शेयर रहेको छ। उनले ५ प्रतिशत हिस्सा बापत ८ करोड ४७ लाख र व्यक्तिगत हिसावले थप ९५ लाख ९६ हजार रुपैयाँ लाभांश प्राप्त गर्ने छन्।

यसरी नेपाली शेयरधनीहरुले १५ प्रतिशत हिस्सा बापत २५ करोड ४३ लाख र आइजे ग्रुपले ८ करोड ४७ लाख सहित कुल ३३ करोड ९१ लाख पाउने छन्। कम्पनीले लाभांश मात्रै वितरण गरेको छैन सरकारलाई २ अर्ब ६४ करोड रुपैयाँ राजश्व समेत बुझाएको छ। प्रत्यक्ष रुपमा २३६ जनाले रोजगारी पनि पाइरहेका छन्।

कम्पनीले गत वर्ष कर पछि नाफा एक अर्ब ९७ करोड आर्जन गरेको थियो। यसरी ९ करोड २० लाख ७० हजारको कम्पनीले एक अर्ब ९७ करोड मुनाफा आर्जन गर्दा प्रतिशेयर आम्दानी नै १८४२ रुपैयाँ हुन आउछ।

कम्पनीले आगामी कार्तिक २५ गते ३२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारणलभाले उक्त लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया