Nepal Life

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँट सम्पन्न, २ लाख ५१ हजार ४९ जना भाग्यशालीले पाए १० कित्ता

NMB Bank
  • BFIS News
  • 2025 Oct 29 10:59
श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँट सम्पन्न,  २ लाख ५१ हजार ४९ जना भाग्यशालीले पाए १० कित्ता
United Ajod

कात्तिक १२ गते, बुधबार — श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले गत असाेज २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता रु. १०० अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

उक्त आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले आवेदन दिएका थिए। ती आवेदकहरूले जम्मा २ करोड ५ लाख ६८ हजार २१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १८ लाख ६९ हजार ३३० आवेदन वैध ठहरिएका छन् भने २६ हजार ६३६ आवेदन रद्द भएका छन्।

मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँट गोलाप्रथा (लटरी) मार्फत गरिएको हो। बाँडफाँटको नतिजा अनुसार २ लाख ५१ हजार ४९ जना भाग्यशाली आवेदकहरूले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी बाँडफाँटपछि बचत रहेको ३ कित्ता शेयर सोही समूहभित्रका लगानीकर्तामध्ये ३ जना आवेदकलाई थप एक/एक कित्ता गरी ११ कित्ताका दरले वितरण गरिएको छ।

यससँगै श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँट प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। लगानीकर्ताहरूले आफ्नो आईपीओ बाँडफाँटको नतिजा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको वेबसाइट तथा मर्सेन्ट बैंकिङ्ग एपमार्फत हेर्न सक्नेछन्। त्यस्तै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया