Nepal Life

लुक्लाबाट उडेको अल्टिच्युड एयरको हेलिकोप्टर लोबुचेमा दुर्घटनाग्रस्त

NMB Bank
  • BFIS News
  • 2025 Oct 29 11:17
लुक्लाबाट उडेको अल्टिच्युड एयरको हेलिकोप्टर लोबुचेमा दुर्घटनाग्रस्त
United Ajod

काठमाडौं। अल्टिच्युड एयरको एउटा हेलिकोप्टर बुधबार बिहान लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ।पर्यटन व्यवसायी काजी बिष्टका अनुसार कप्तान विवेक खड्काको कमानमा रहेको उक्त हेलिकोप्टर अवतरणको क्रममा समस्या उत्पन्न भएपछि स्थलमै दुर्घटनाग्रस्त भएको हो। सौभाग्यवश, कप्तान खड्का सकुशल रहेका छन्, तर हेलिकोप्टरमा ठूलो क्षति पुगेको बताइएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ९एन-एएमएस कलसाइन भएको सो हेलिकोप्टर बिहान ७:४५ बजे लुक्लाबाट नियमित उडानका लागि लोबुचे तर्फ प्रस्थान गरेको थियो। अवतरणको क्रममा दुर्घटना भएको जनाइएको छ।

उद्धार तथा प्राविधिक टोली स्थलमा पुगिसकेको छ र हाल क्षतिको मूल्यांकन तथा दुर्घटनाको कारण पहिचान गर्ने कार्य भइरहेको क्यानले जनाएको छ।

प्राधिकरणका अनुसार घटनाको विस्तृत छानबिन गरिनेछ र भविष्यमा हिमाली उडान सुरक्षालाई अझ सुदृढ बनाउन आवश्यक उपायहरू अपनाइने छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया