Nepal Life

नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप खिच्दै, बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्द धौ धौ

NMB Bank
  • BFIS News
  • 2025 Oct 29 11:32
नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप खिच्दै, बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्द धौ धौ
United Ajod

काठमाडौं, (बुधबार) — नेपाल राष्ट्र बैंकले आज (बुधबार) ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ। वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रक्रिया सञ्चालन गर्ने तयारी गरेको हो।

Shikhar
Nepal Life
NIMB

हाल देशभरका बैंक तथा वित्तीय संस्थामा जम्मा निक्षेप रकम ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। तरलता व्यवस्थापन र बजार ब्याजदर सन्तुलनका लागि राष्ट्र बैंकले निरन्तर रूपमा निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) र स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) प्रयोग गर्दै आएको छ।

राष्ट्र बैंकको भनाइअनुसार आज हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्। बोलकबोलमा सहभागीहरूले प्रस्ताव गर्ने ब्याजदरमध्ये सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकता दिइनेछ र आह्वान गरिएको ४० अर्ब रुपैयाँसम्म क्रमशः बाँडफाँट गरिनेछ।

निक्षेप संकलनको प्रक्रिया आज अनलाइन खरिद प्रणालीमार्फत सम्पन्न हुनेछ। ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। यो निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८३ साल बैशाख ९ गते हुने राष्ट्र बैंकले जनाएको छ।

बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ। अधिकतम रकम भने ५ करोड रुपैयाँका गुणकमा भाग जाने गरी कुल आह्वान रकमसम्म सीमित रहनेछ।

राष्ट्र बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार, वित्तीय बजारमा दीर्घकालीन तरलता अधिक देखिएमा, बजार ब्याजदरलाई व्यवस्थित गर्न अधिकतम ६ महिनासम्मको अवधिका दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ।

यही प्रावधानअनुसार केन्द्रीय बैंकले पछिल्ला समयहरूमा पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजारमा रहेका अतिरिक्त तरलता घटाउने प्रयास गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया