Nepal Life

समता लघुवित्तका १० हजार संस्थापक सेयर आजदेखि लिलामीमा

NMB Bank
  • BFIS News
  • 2025 Oct 29 11:40
समता लघुवित्तका १० हजार संस्थापक सेयर आजदेखि लिलामीमा
United Ajod

काठमाडौं । समता घरैलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) का विद्यमान संस्थापकहरूले आफ्ना १० हजार इकाइ प्रवर्तक सेयर लिलामीमा बिक्री गर्न थालेका छन्। आज मिति २०८२ कार्तिक १२ गते (आजदेखि) देखि लिलामी प्रक्रिया सुरु भएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीका अनुसार योग्य तथा इच्छुक सर्वसाधारण, कम्पनी वा संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिदेखि सात दिनभित्र लिलामीमा बोलकबोल गर्न सक्नेछन्। बोलपत्रहरू कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्नेछ।

लिलामीमा रहेको सेयर समता घरैलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) का प्रवर्तक समूहका हुन्। इच्छुक लगानीकर्ताले कम्पनीका नियम अनुसार तोकिएको समयभित्र आफ्नो प्रस्ताव बुझाउनुपर्नेछ।

हालको बजार मूल्य (LTP) अनुसार SMATA को प्रति सेयर मूल्य रु. ८४५.०० रहेको छ। लघुवित्तका प्रवर्तक सेयर लिलामीमा आएको यो अवसर लगानीकर्ताका लागि आकर्षक हुन सक्ने अनुमान गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया