Nepal Life

कास्कीमा प्रहरीमाथि आक्रमण प्रकरणमा १० जना पक्राउ

NMB Bank
  • BFIS News
  • 2025 Oct 29 13:18
कास्कीमा प्रहरीमाथि आक्रमण प्रकरणमा १० जना पक्राउ
United Ajod

लेखनाथ, कात्तिक ११ गते । कास्की जिल्लामा प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड र हातहतियार लुटपाटमा संलग्न भएको आरोपमा १० जना पक्राउ परेका छन् । कास्की प्रहरीले २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा प्रहरी इकाइहरूमा तोडफोड, आगजनी र हातहतियार लुटपाट गरी आतंक सिर्जना गरेको आरोपमा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

Shikhar
Nepal Life
NIMB

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले घटनामा संलग्न १० जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्ला प्रहरी कार्यालय कास्कीमा हतियार लुटपाट र आगजनीमा चार जना, वडा प्रहरी कार्यालय बगरमा हतियारमा आगो लगाउने एक जना, र प्रहरी चौकी नयाँपुलमा आगजनी गर्ने पाँच जना गरी कुल १० जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामाथि कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रवसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि छ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये धादिङ त्रिपुरासुन्दरी–४ का २४ वर्षीय राजेश मक्रान्ती, पोखरा–४ का ५४ वर्षीय नारायण साई, पोखरा–११ का २२ वर्षीय अरुण विक, पोखरा–१ का ४१ वर्षीय रुपेश मगर, पोखरा–१ का ४३ वर्षीय दिपु साई, अन्नपूर्ण गाउँपालिका–५ का ४७ वर्षीय लङबहादुर नेपाली, सोही स्थानका १९ वर्षीय अरविन विक, ६२ वर्षीय थमबहादुर सार्की, ४२ वर्षीय पूर्णबहादुर नेपाली र अन्नपूर्ण गाउँपालिका–६ हाइजुङका २२ वर्षीय ग्रिस क्षेत्री रहेका छन् ।

हाल उनीहरू सबैमाथि विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया