Nepal Life

प्रधानमन्त्री कार्कीको आह्वानमा त्रिपक्षीय छलफल सुरु

NMB Bank
  • BFIS News
  • 2025 Oct 29 17:16
प्रधानमन्त्री कार्कीको आह्वानमा त्रिपक्षीय छलफल सुरु
United Ajod

काठमाडौँ, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा त्रिपक्षीय छलफल सुरु भएको छ। बालुवाटारमा जारी छलफलमा सरकार, राजनीतिक दल र जेनजी समूहका प्रतिनिधि सहभागी छन्।

Shikhar
Nepal Life
NIMB

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका पदाधिकारी तथा दोस्रो तहका नेताहरू छलफलमा उपस्थित छन्। सरकारतर्फ प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार जेनजी समूहबाट १३ जना प्रतिनिधि उपस्थित छन्। छलफलको कार्यसूचीमा आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको वातावरण निर्माण र राजनीतिक समझदारी जुटाउने विषयहरू रहेका छन्।

राजनीतिक दलका सहभागीहरू यस प्रकार छन्: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौला, क्षितिज थेबे, नेकपा (माओवादी केन्द्र) का नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले, केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र गुरुङ, प्रवक्ता मोहन श्रेष्ठ, र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, प्रकाश ज्वाला।

जेनजी समूहका प्रतिनिधिहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर रहेका छन्।

सरकारले निर्धारित मितिमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले सरोकारवाला पक्षहरूसँग चरणबद्ध छलफल सुरु गरेको हो। यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भइसकेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री र जेनजी समूहबीच पनि छलफल सम्पन्न भइसकेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया