Nepal Life

ग्लोबल आइएमई र मुक्तिनाथ कृषि कम्पनी सहित तीनवटाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Oct 30 11:01
ग्लोबल आइएमई र मुक्तिनाथ कृषि कम्पनी सहित तीनवटाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौँ, कात्तिक १३ गते, बिहीबार। आज (कात्तिक १३ गते) तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। ग्लोबल आइएमई बैंक (GBIME), गुराँस लघुवित्त वित्तीय संस्था (GLBSL) र मुक्तिनाथ कृषि कम्पनी (MKCL) का शेयरधनीहरूले आजसम्म शेयर नेप्सेमा कारोबार गरी कायम गरेमा मात्रै यी कम्पनीहरूको आगामी साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले भोली अर्थात् कात्तिक १४ गते बुकक्लोज गर्नेछन् भने ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते, आइतबार बुकक्लोज गर्ने जनाएको छ।

गुराँस लघुवित्तको साधारण सभा

गुराँस लघुवित्त वित्तीय संस्था (GLBSL) ले कात्तिक २३ गते, आइतबार, धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेदेखि आफ्नो दशौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट ४ जना सञ्चालक नियुक्त गर्ने र लेखापरीक्षक चयन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

मुक्तिनाथ कृषि कम्पनीको साधारण सभा

मुक्तिनाथ कृषि कम्पनी (MKCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोपश्चात कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ।

यी प्रस्तावहरू पारित गर्न कम्पनीले कात्तिक २१ गते, शुक्रबार, सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा दिउँसो साढे ११ बजे सातौँ वार्षिक साधारण सभा बोलाएको छ।

ग्लोबल आइएमई बैंकको साधारण सभा

ग्लोबल आइएमई बैंक (GBIME) ले कात्तिक २६ गते, बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजेदेखि १९ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

यसरी, आजसम्म कारोबार भई कायम रहेका शेयरधनीहरू यी तीन कम्पनीहरूको साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया