Nepal Life

देशभर बदली र वर्षाको प्रभाव, हिमाली भू-भागमा हिमपातको सम्भावना

NMB Bank
  • BFIS News
  • 2025 Oct 30 11:31
देशभर बदली र वर्षाको प्रभाव, हिमाली भू-भागमा हिमपातको सम्भावना
United Ajod

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र पश्चिमी वायूको प्रभावसँगै आज देशभर मौसम बदली रह्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित बाँकी पहाडी भू–भागमा अधिकांश बदली रहनेछ भने तराई भू–भागमा सामान्य बदली रहनेछ।

Shikhar
Nepal Life
NIMB

कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना पनि रहेको छ।

आज राति देशभर अझ बढी बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अधिकांश पहाडी भू–भागमा पूर्ण बदली रहनेछ भने तराईमा अधिकांश बदली रहने बताइएको छ। कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहँदै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने चेतावनी दिइएको छ। साथै कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को प्रभाव रहेका साथै पश्चिमी वायू र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि देखिएको छ। यसै कारण आगामी केही दिनसम्म देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको क्रम जारी रहने अनुमान गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया