Nepal Life

पहिरोले अवरुद्ध मेची राजमार्ग अस्थायी रूपमा सञ्चालनमा

NMB Bank
  • BFIS News
  • 2025 Oct 31 17:25
पहिरोले अवरुद्ध मेची राजमार्ग अस्थायी रूपमा सञ्चालनमा
United Ajod

इलाम, कात्तिक १४ गते। हिजो बिहानदेखि लगातार परिरहेको वर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली–माइखोला खण्डलाई अस्थायी रूपमा सुचारु गरिएको छ।

Shikhar
Nepal Life
NIMB

भारी  बर्षाका कारण अवरोध भएको सडक  मेची राजमार्ग  भोलि हुने लोकसेवा आयोगको परीक्षा दिनका लागि गन्तव्यमा पुग्नुपर्ने परीक्षार्थीहरूको सहजताका लागि आज साँझ साढे पाँच बजेसम्म सडक एकतर्फी रूपमा सञ्चालन गर्न अनुमति   जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

पहिरो गएको र सडक दबिएको स्थानमा ग्राभेल भरेर अस्थायी रूपमा आवागमन खुलाइएको हो। प्रशासनले एक सूचना जारी गर्दै साना सवारीसाधन, जीप र एम्बुलेन्सलाई मात्र साढे पाँच बजेसम्म चल्न अनुमति दिइएको र ठूला सवारीमा रोक लगाइएको जनाएको छ।

सडक डिभिजन कार्यालय इलामले बिहानैदेखि सडक खुलाउने प्रयास जारी राखेको छ। “पहिरो माथि ट्र्याक खोलेर तत्कालको समस्या टार्ने प्रयास गरिएको हो,” डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो।

गएको असोज १८ गते रातिको वर्षाले राजदुवालीस्थित माइखोला माथिल्लो भागमा पहिरो गएपछि सो खण्ड अवरुद्ध भएको थियो। त्यसको विकल्पको रूपमा प्रयोग हुँदै आएको सिमल–गोलाई–तिल्केनी सडक पनि आज बिहानदेखि बन्द छ। जोगमाई खोलामा हालिएको ह्युमपाइप बाढीले बगाएपछि उक्त मार्ग पनि अवरुद्ध भएको हो।

पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाको लाइफलाइन मानिने मेची राजमार्ग बन्द हुँदा ताप्लेजुङसम्मका सर्वसाधारण आवागमनमा कठिनाइमा परेका छन्। यता इलाममा वर्षा निरन्तर भइरहेकाले असोज १८ को बाढी–पहिरोले चिरा परेको जमिन थप बग्न थालेको जानकारी प्राप्त भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया