Nepal Life

पूर्व–पश्चिम राजमार्गमा बस–ट्याङ्कर ठोक्किँदा चार जना घाइते

NMB Bank
  • BFIS News
  • 2025 Oct 31 17:34
पूर्व–पश्चिम राजमार्गमा बस–ट्याङ्कर ठोक्किँदा चार जना घाइते
United Ajod

नवलपुर, कात्तिक १४ गते। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा बस र तेल ट्याङ्कर आपसमा ठोक्किँदा चार जना घाइते भएका छ।

Shikhar
Nepal Life
NIMB

आज दिउँसो बुटवलबाट वीरगञ्जतर्फ जाँदै गरेको लु २ ख ६८२८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख ६१ नम्बरको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा ट्याङ्कर चालक मध्यबिन्दु नगरपालिका–८ का ५६ वर्षीय तिलकराम योगी थारु, बस चालक पाल्पाको रम्भा गाउँपालिका–३ का ३७ वर्षीय विकास न्यौपाने, बसमा सवार बर्दघाट नगरपालिका–२ की ३३ वर्षीया गंगाकुमारी गिरी र उहाँकी ७ वर्षीया छोरी अर्पना गिरी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालका अनुसार, घाइतेहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया