Nepal Life

नेपाल सरकारको नगद अवस्था ऋणात्मक, मौज्दात धनात्मक देखियो

NMB Bank
  • BFIS News
  • 2025 Oct 31 17:57
नेपाल सरकारको नगद अवस्था ऋणात्मक, मौज्दात धनात्मक देखियो
United Ajod

काठमाडौँ, कात्तिक १४ गते। महालेखा नियन्त्रक कार्यालयले नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन तथा नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस गरेको छ।

Shikhar
Nepal Life
NIMB

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदनहरू बुझाउनुभएको हो।
त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले आजै केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, साथै नेपाल सरकारको चल–अचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण महालेखा परीक्षकको कार्यालयमा पनि पेस गरेको छ।

कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार, यी विवरण र प्रतिवेदनहरू नेपाल सार्वजनिक क्षेत्र लेखामान र महालेखा परीक्षकले स्वीकृत लेखा ढाँचाअनुरूप तयार पारिएका हुन्।
उहाँका अनुसार, प्रतिवेदनमा नेपाल सरकारको बजेट र अतिरिक्त बजेटरी निकायका प्रचलित कानुनले तोकेका वित्तीय विवरणहरू समावेश गरिएका छन्।

प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको सञ्चित कोष रु एक खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको छ।
त्यस्तै, नगद स्थिति पनि रु ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक रहेको उल्लेख छ।

यद्यपि, विभिन्न कोषहरूको मौज्दात रकम र अतिरिक्त बजेटरी निकायहरूको बाँकी मौज्दातका आधारमा नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक रहेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया