Nepal Life

बाजुरामा स्वास्थ्यकर्मीले बाटोमै सुत्केरी सेवा, आमा–छोरा दुबै सुरक्षित

NMB Bank
  • BFIS News
  • 2025 Oct 31 20:05
बाजुरामा स्वास्थ्यकर्मीले बाटोमै सुत्केरी सेवा, आमा–छोरा दुबै सुरक्षित
United Ajod

बाजुरा, कात्तिक १४ गते। बाजुराको बुढीगङ्गा नगरपालिका–७, झाली बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी बिनिता विष्टले बाटोमै सुत्केरी सेवा दिएर आमा र नवजात शिशुको ज्यान बचाउन सफल भएकी छन्।

Shikhar
Nepal Life
NIMB

शुक्रबार बिहान बुढीगङ्गा–७, सिमलकोटकी अन्दाजी २५ वर्षीया सिर्जना केसीलाई बाटोमै सुत्केरी व्यथा लागेपछि स्वास्थ्यकर्मी विष्टले तत्कालै पुगेर सुरक्षित प्रसूति गराएकी हुन्।

केसीले यसअघि पनि गर्भजाँचका लागि त्यसै बर्थिङ सेन्टर र अछामस्थित बयालपाटा अस्पतालमा परामर्श लिएकी थिइन्। शुक्रबार बिहान अचानक तीव्र प्रसव पीडा भएपछि बर्थिङ सेन्टरसम्म पुग्न नसक्ने अवस्था थियो।

“उहाँका श्रीमान्ले फोन गरेर जानकारी दिनुभयो, त्यसपछि म तुरुन्तै त्यहाँ गएँ र बाटोमै सुत्केरी सेवा दिएँ,” स्वास्थ्यकर्मी विष्टले बताइन्।

सकुशल जन्मिएको बालकको तौल तीन किलो रहेको र आमा–छोरादुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिइन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया