Nepal Life

लिग–२ मा नेपालको अन्तिम खेल बुधबार युएईसँग हुने

NMB Bank
  • BFIS News
  • 2025 Nov 01 19:01
लिग–२ मा नेपालको अन्तिम खेल बुधबार युएईसँग हुने
United Ajod

काठमाडौँ, कात्तिक १५ गते। आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले अमेरिकाविरुद्ध २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ। उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहायतामा नेपालले निर्धारित ५० ओभरमा एक बल बाँकी रहँदा सबै विकेट गुमाएर २७१ रन जोड्न सफल भयो।

Shikhar
Nepal Life
NIMB

दुबईस्थित एकेडेमी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि उपकप्तान ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ६७ बलमा ७५ रन बनाए। उनले तीन छक्का र दुई चौका प्रहार गरे।
त्यस्तै, करण केसी अर्धशतक बनाउन एक रनले चुके। उनले ३१ बलमा ४९ रन जोड्दै अन्त्यतिर तेज ब्याटिङ गरे।

ओपनर कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए। अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न असफल भए।

बलिङतर्फ अमेरिकाका हरमित सिंहले तीन विकेट लिँदा नोस्थुश केन्जिगे र सौरभ नेत्रवल्करले दुई–दुई विकेट हात पारे।
अब अमेरिकाले २७२ रनको लक्ष्य पछ्याउँदै केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।

नेपालले यस शृङ्खलाको अन्तिम खेल कात्तिक १९ गते (बुधबार) युएईसँग खेल्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया