Nepal Life

फुङ्लिङ नजिक सिद्धिडाँडा पर्यटकको पर्खाइमा

NMB Bank
  • BFIS News
  • 2025 Nov 01 22:09
फुङ्लिङ नजिक सिद्धिडाँडा पर्यटकको पर्खाइमा
United Ajod

ताप्लेजुङ, कात्तिक १५ गते। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा रहेको सिद्धिडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्यको रूपमा पर्यटकको पर्खाइमा छ। फुङ्लिङ बजार नजिकै अवस्थित यस क्षेत्रले नेपाल तथा जिल्लाका थुप्रै पर्यटकीय स्थलहरूसँगै आगन्तुकको ध्यान तानेको छ।

Shikhar
Nepal Life
NIMB

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यहरूमा विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा, प्रसिद्ध तीर्थस्थल पाथीभरा, नर्या पर्यटकीय गन्तव्य, सिँजेमा ताल र ढङढङ्गे झरना पर्दछन्। त्यस्तै, फुङफुङ्गे झरना, तिम्बुङ पोखरी, तोक्पेगोला–लोदेन क्षेत्र र मिल्के जलजले पनि पर्यटकलाई आकर्षित गर्ने स्थल हुन्।

फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित सिद्धिडाँडा विशेष रूपमा आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ। फुङ्लिङ बजारदेखि करिब साढे दुई किलोमिटर दूरीमा अवस्थित सिद्धिडाँडामा नागपोखरी, महादेव मन्दिर, गुरुङ गुम्बा जस्ता धार्मिक संरचनासमेत रहेका छन्।

यस क्षेत्रमा रहेको हरियाली, अलैँची बगान, नागपोखरी परिसर र सौन्दर्यीकरण गरिएको संरचनाले सिद्धिडाँडाको आकर्षण अझ बढाएको छ। वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार, सिद्धिडाँडालाई दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पोखरी र आसपासका क्षेत्रको सौन्दर्यीकरण सुरु गरिएको छ। साथै, धार्मिक सहिष्णुता झल्काउने संरचनाहरू पनि निर्माण गरिएको छ। निर्माण कार्य क्रमशः अन्य संरचनासम्म विस्तार गर्ने योजना छ।

हाल सिद्धिडाँडामा न्यून संख्यामा आन्तरिक पर्यटक मात्र पुग्ने गरेका छन्। वडाध्यक्ष गुरुङका अनुसार, अपेक्षित संख्यामा पर्यटकको उपस्थिति नभए पनि सिद्धिडाँडा विस्तारै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। उहाँले थप्नुभयो, “सिद्धिडाँडाको प्रचारप्रसार पर्याप्त नभएकोले पर्यटकको संख्या सीमित छ। यसरी हरियाली, शान्त वातावरण र सौन्दर्यले भरिपूर्ण सिद्धिडाँडा अझै पनि पर्यटकको पर्खाइमा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया