Nepal Life

आदर्श लघुवित्तको आइपीओ भोलि विहान बाँडफाँड हुने, भाग्यमानि ६ हजार २६१ जना आवेदकले मात्रै शेयर पाउने

NMB Bank
  • BFIS News
  • 2022 Jun 26 21:20
आदर्श लघुवित्तको आइपीओ भोलि विहान बाँडफाँड हुने, भाग्यमानि ६ हजार २६१ जना आवेदकले मात्रै शेयर पाउने
United Ajod

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि निष्काशन गरेको आईपीओ भोलि सोमबार बिहान बाँडफाँड हुने भएको छ। लघुवित्तको आइपीओ सोमबार बिहान ९ बजे बिओके क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने भएकाे छ। साे आइपीओमा करिब १८ लाखको आवेदन परेको थियाे। 

लघुवित्तको आइपीओमा करिब १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट २ अर्ब १ करोड ४२ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयर खरिदका लागि आवेदन परेके छ यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता शेयरको ३२१.६८ गुणा बढी हो।

Shikhar
Nepal Life
NIMB

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६ हजार २६१ जना आवेदकले मात्रै शेयर पाउनेछन्। आइपीओमा आवेदन गर्ने करिब १७ लाख ९० हजार आवेदकको हात खालि हुने छ।

हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया