Nepal Life

सामाजिक सुरक्षा कोषमा जम्मा भयो ९४ अर्ब रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 Nov 02 10:20
सामाजिक सुरक्षा कोषमा जम्मा भयो ९४ अर्ब रुपैयाँ
United Ajod

काठमाडौं। सामाजिक सुरक्षा कोष (Social Security Fund) मा हालसम्म ९४ अर्ब ९ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको कोषले जनाएको छ। त्यस्तै, कोषले १७ अर्ब २९ करोड ३० लाख रुपैयाँ रकम योगदानकर्ताहरूलाई भुक्तानी समेत गरेको छ।

 

Shikhar
Nepal Life
NIMB

कोषका अनुसार हालसम्म २५ लाख ९२ हजार १४१ जना व्यक्तिहरू सूचीकृत योगदानकर्ता बनेका छन्।
त्यसैगरी, २२ हजार १२५ जना रोजगारदाता संस्थाहरू कोषमा सूचीकृत भइसकेका छन्।
कोषले बाँकी रोजगारदातालाई पनि क्रमशः सूचीकृत गराउन आवश्यक पहल र समन्वय कार्य अघि बढाइरहेको जनाएको छ।

कोषमा जम्मा रकमबाट विभिन्न शीर्षकमा योगदानकर्तालाई भुक्तानी गरिएको छ।
त्यसमध्ये, औषधोपचार, स्वास्थ्य तथा मातृत्व दावी अन्तर्गत २ अर्ब ४२ करोड ५० लाख रुपैयाँ,
दुर्घटना तथा अशक्तता सुरक्षा दावी अन्तर्गत २२ करोड ३१ लाख रुपैयाँ,
आश्रित परिवार सुरक्षा दावी अन्तर्गत २८ करोड ३५ लाख रुपैयाँ,
र अवकाश दावी रकम अन्तर्गत १४ अर्ब ३६ करोड १२ लाख रुपैयाँ वितरण गरिएको कोषले जनाएको छ।

कोषका अनुसार, सामाजिक सुरक्षा प्रणालीलाई अझ प्रभावकारी र सबै क्षेत्रमा समावेशी बनाउने उद्देश्यका साथ सूचीकृत संख्या र सेवा विस्तारमा जोड दिइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया