Nepal Life

कामना सेवा विकास बैंकको पहिलो त्रैमासमा नाफा १२.९२ प्रतिशतले बढ्यो, १४ प्रतिशत लाभांश क्षमता

NMB Bank
  • BFIS News
  • 2025 Nov 02 13:49
कामना सेवा विकास बैंकको पहिलो त्रैमासमा नाफा १२.९२ प्रतिशतले बढ्यो, १४ प्रतिशत लाभांश क्षमता
United Ajod

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि देखिएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा भएको १७ करोड ४९ लाख रुपैयाँ नाफाभन्दा १२.९२ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी बढेसँगै बैंकको नाफा वृद्धिमा सहयोग पुगेको बैंकले जनाएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १९.०६ प्रतिशत, फी तथा कमिशन आम्दानी १२.२० प्रतिशत, कुल सञ्चालन आम्दानी १८.२७ प्रतिशत, र सञ्चालन मुनाफा १०.८६ प्रतिशत बढेको छ।

तर, नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ। असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५.५६ प्रतिशतले घटेको छ। सोही अवधिमा बैंकको निष्क्रिय कर्जा (NPL) ३.९६ प्रतिशतबाट बढेर ४.४१ प्रतिशत पुगेको छ, जसका कारण इम्पेरमेन्ट चार्ज ४ करोड ८७ लाख रुपैयाँबाट बढेर ११ करोड ६ लाख रुपैयाँ पुगेको हो।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) ५३ पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९० पैसा घटेर १४ रुपैयाँ १ पैसा मा झरेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात (P/E Ratio) २०.१८ गुणा र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ३१ पैसा रहेको छ।

कामना सेवा विकास बैंकको चुक्ता पूँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको जगेडा कोषमा २ अर्ब २ करोड ३ लाख रुपैयाँ सञ्चित छ। बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ६३ अर्ब ४ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकका अनुसार आगामी त्रैमासहरूमा डिजिटल सेवा विस्तार, जोखिम व्यवस्थापन सुदृढीकरण र वित्तीय सक्षमता अभिवृद्धिका माध्यमबाट स्थायी नाफा वृद्धिको लक्ष्य लिइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया