Nepal Life

ढुङ्गा माटोसहितको लेदो पस्दा उत्तरी गोरखाका ५ घरमा क्षति

NMB Bank
  • BFIS News
  • 2025 Nov 02 15:39
ढुङ्गा माटोसहितको लेदो पस्दा उत्तरी गोरखाका ५ घरमा क्षति
United Ajod

सुलीकोट, कात्तिक १६ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका पाँच घरमा ढुङ्गा र माटोसहितको लेदो पस्दा ठूलो क्षति भएको छ। शनिबार बेलुका करिब ६ बजे आएको पहिरोले स्थानीय बस्तीमा प्रवेश गर्दै घर र पशुपन्छीमा असर पुर्‍याएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

Shikhar
Nepal Life
NIMB

उहाँका अनुसार लगातार वर्षापछि माथिल्लो भागबाट आएको माटो र ढुङ्गाले देवेन्द्र गुरुङको कुखुराको फर्ममा ५० वटा कुखुरा बगाएको छ। पाङसिङका सर्किनी गुरुङको एकतले काठले बनेको टिन छाएको कच्ची घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

त्यसैगरी जुकबहादुर गुरुङको घरमा माटोसहितको लेदोले १३ वटा कुखुरा, धन्डुक गुरुङको कच्ची घरमा ८ वटा कुखुरा र ६ वटा हाँस बगाएको छ। पाँच घरका परिवारका सदस्यहरू अहिले छिमेकी घरमा आश्रय लिएर बसिरहेका छन्।

घटना सम्बन्धमा सिर्दीबास प्रहरी चौकीलाई खबर पुग्दा प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का तयार गरेको छ। प्रारम्भिक अनुमान अनुसार करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया