Nepal Life

मनास्लु पदमार्गमा आवतजावत खुला

NMB Bank
  • BFIS News
  • 2025 Nov 02 16:07
मनास्लु पदमार्गमा आवतजावत खुला
United Ajod

गोरखा, कात्तिक १६ गते । उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत पुनः खुला गरिएको छ। अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि बन्द गरिएको पदमार्ग आइतबारदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार हाल मौसममा सुधार देखिएकाले पदमार्ग खुला गरिएको हो।
“जल तथा मौसम विज्ञान विभागले मौसममा क्रमिक सुधार हुने अनुमान गरेकाले पदमार्ग सञ्चालनमा ल्याइएको हो,” उहाँले भन्नुभयो। “पदयात्राका क्रममा समस्या परे नजिकको सुरक्षा निकाय वा मनास्लु संरक्षण क्षेत्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।”

प्रशासनले पदयात्रामा निस्किने पर्यटकहरूलाई पथप्रदर्शकको सहयोगमा आवश्यक सूचना लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले पनि यात्रुहरूलाई सावधानी अपनाउन सुझाव दिनुभएको छ।
“हाल अधिकांश बाटा खुला छन्, तर केही स्थानमा हिउँ जमेको र बाटो बिग्रिएको छ,” उहाँले भन्नुभयो। “मौसमसम्बन्धी जानकारी लिएर मात्रै पदयात्रा सुरु गर्न अनुरोध गरिएको छ।”

अत्यधिक हिमपात र वर्षाका कारण केही दिनअघि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू बाटो अवरुद्ध हुँदा बीचमै फर्किन बाध्य भएका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया