Nepal Life

झापामा छिमेकीद्वारा अपहरणपछि हत्या, दुई जना पक्राउ

NMB Bank
  • BFIS News
  • 2025 Nov 03 15:17
झापामा छिमेकीद्वारा अपहरणपछि हत्या, दुई जना पक्राउ
United Ajod

दमक, कात्तिक १७ गते । झापाको शिवसताक्षी–१० माइधारका ३३ वर्षीय सरोज शर्मा आफ्नै छिमेकीद्वारा अपहरणपछि हत्या भएको रहस्य खुलेको छ।

Shikhar
Nepal Life
NIMB

गत आइतबार ‘कार धुने’ भन्दै घरबाट निस्किएका शर्मा सम्पर्कविहीन भएपछि परिवारले खोजतलास थाल्यो। प्रारम्भिक अनुसन्धानमा छिमेकी सुनिल साह र उनका सहयोगी राहुल साहले शर्मा अपहरण गरेर हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार, अपहरण गरिएको दिन नै हथौडाले टाउकोमा प्रहार गरी हत्या गरिएको थियो। घटना पछि मृतकको शव झापा गाउँपालिका हुलाकी राजमार्गको विरिङ पुलमुनि गाडिएको थियो। हत्या भएको चार दिनपछि मृतकको सवारी साधन जंगल नजिकको सामुदायिक वनमा जलाइएको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका व्यक्तिहरू अपहरण, शरीर बन्धक राख्ने र कर्तव्य ज्यानको अभियोगमा अनुसन्धानको क्रममा छन्। घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

शर्मा काठमाडौंस्थित एक आइटी कम्पनीमा कार्यरत थिए र तिहार–छठ मनाउन घर आएको बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया