Nepal Life

शेयर बजारमा १४४ अंकको सुधार पछि ८.२४ अंकको करेक्सन, कारोबार रकमले विस्तारै सपोर्ट गर्दै

NMB Bank
  • BFIS News
  • 2025 Nov 03 15:18
शेयर बजारमा १४४ अंकको सुधार पछि ८.२४ अंकको करेक्सन, कारोबार रकमले विस्तारै सपोर्ट गर्दै
United Ajod

काठमाडौं। सोमबार नेप्से सूचक ८.२४ अंकको करेक्सन देखिएको छ। एक सातादेखिको सुधारमा नेप्से सूचक २४८७ अंकबाट बढेर २६३१ अंकसम्म बढेकोमा आज सामान्य करेक्सन सँगै २६२२ अंक कायम भएको छ। यस अवधिमा १४४ अंकले बढेको थियो। 

Shikhar
Nepal Life
NIMB

यस अवधिमा कारोबार रकमले पनि क्रमिक रुपमा सपोर्ट गरिरहेको छ। आज करेक्सन हुँदा पनि ६ अर्ब ५ करोडको खरिद बिक्री भएको छ। बजार बढ्दा ब्रोकरले लिमिट दिएर उधारोमा खरिद बिक्री गर्दा कारोबार रकम असाध्यै धेरै देखिने गरेको छ। 

आज ७२ वटा कम्पनीमा सुधार आउदा १७२ वटा कम्पनीका शेयरधनीले भने गुमाएका छन्। बजार तल्लो विन्दुमा झर्दा अधिकाम्स कम्पनीको शेयर मूल्य अण्डर भ्यालु छन्। यसले गर्दा अझै पनि लगानीकर्ताले कमाउने अवसर छ। यस कारण पनि अहिले लगानीकर्ताले नजिकबाट बजारलाई नियाली रहेका छन्। 

मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस बाहेक ऋणपत्रमा लगानीकर्ताको आकर्षण एकदमै धेरै देखिएको छ। यो समय बैंक तथा वित्तीय संस्थाले दिने व्याजदरको तुलनामा ऋणपत्रमा धेरै छ। यसले गर्दा ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको हो। 

पछिल्लो समयको राजनीतिक परिवर्तनका दौरानमा अझै आन्दोलन हुने हो कि भन्ने डरले गर्दा बजारमा त्रास रहदै आएकोमा केहि आन्दोलनकारीको आन्दोलन असफल देखिएको छ। एकातिर आन्दोलन असफल देखिएको छ भने अर्को तर्फ सरकारले पनि चुनावको तयारी गरिरहेको छ। यदि अवस्था सहज हुँदै गयो भने चाढो ढिलो चुनाव पक्का छ। तर चुनाव नहुने कुनै पनि अवस्था आयो भने बजारलाई पुनः असर गर्ने देखिन्छ। यस बाहेक बजारलाई साथ दिने सूचकहरु धेरै छन्। मात्र राजनीतिक अनिश्चितालाई चिर्नु पर्ने अवस्था छ। 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया