Nepal Life

राष्ट्रिय बीमा कम्पनी लिमिटेडका नयाँ अध्यक्ष निर्मल ढकाललाई पद तथा गोपनीयताको शपथ

NMB Bank
  • BFIS News
  • 2025 Nov 03 16:10
राष्ट्रिय बीमा कम्पनी लिमिटेडका नयाँ अध्यक्ष निर्मल ढकाललाई पद तथा गोपनीयताको शपथ
United Ajod

काठमाडौं, कात्तिक १७ – नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले आज राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संचालक समितिका नयाँ अध्यक्ष निर्मल ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथ ग्रहण समारोह प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा सम्पन्न भएको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सरकारको मिति २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका ढकाललाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षको जिम्मेवारी दिइएको हो।

शपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया