Nepal Life

राजीनामा होइन, जिम्मेवारीमा व्यस्त छु: कुलमान घिसिङ

NMB Bank
  • BFIS News
  • 2025 Nov 03 18:13
राजीनामा होइन, जिम्मेवारीमा व्यस्त छु: कुलमान घिसिङ
United Ajod

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू पदबाट राजीनामा गर्न लागेको भन्ने समाचार असत्य भएको बताएका छन्। विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसारित ‘राजीनामा दिने तयारीमा कुलमान घिसिङ’ भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन्।

Shikhar
Nepal Life
NIMB

घिसिङले सोमबार सार्वजनिक गरेको वक्तव्यमा भनेका छन्, “विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु ।”

उनले थप बताएका छन् कि जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको यो सरकारले जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्धता जनाएको छ। “तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु,” घिसिङले भनेका छन्।

राजीनामाको समाचारले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको भए पनि घिसिङले त्यसलाई ‘पूर्णतः असत्य र भ्रामक’ भएको बताउँदै जनतालाई भ्रममा नपर्न आग्रह गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया