Nepal Life

सन नेपाल लाइफ आइएसओ प्रमाणपत्र नवीकरण गर्न सफल, अन्तर्राष्ट्रिय मापदण्डमा निरन्तरता कायम

NMB Bank
  • BFIS News
  • 2025 Nov 04 11:16
सन नेपाल लाइफ आइएसओ प्रमाणपत्र नवीकरण गर्न सफल, अन्तर्राष्ट्रिय मापदण्डमा निरन्तरता कायम
United Ajod

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनमा अन्तर्राष्ट्रिय मापदण्ड कायम राख्दै ISO/IEC 27001:2022 प्रमाणपत्र नवीकरण गरेको छ। कम्पनीले यो प्रमाणपत्र युकेएएस (UKAS) बाट मान्यता प्राप्त Amtivo Limited, UK मार्फत प्राप्त गरेको हो।

Shikhar
Nepal Life
NIMB

गत महिना सम्पन्न नियमित सम्परीक्षणमा कम्पनीले आफ्ना सबै सूचना सुरक्षा प्रणालीहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी रूपमा व्यवस्थापन गरिरहेको पुष्टि भएपछि उक्त प्रमाणपत्र नवीकरण गरिएको कम्पनीले जनाएको छ। यसले कम्पनीले सूचना सुरक्षा सम्बन्धी विश्वव्यापी रूपमा स्वीकृत असल अभ्यासहरूको पालनामा निरन्तर प्रतिबद्धता देखाएको प्रमाणित गर्छ।

कम्पनीका अनुसार जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामक व्यवस्थाहरू प्रभावकारी रूपमा लागू गर्न कम्पनीले अन्तर्राष्ट्रिय स्तरको ISO/IEC 27001:2022 मानकअनुसार सम्परीक्षण नवीकरण गरेको हो। नेपालको बीमा क्षेत्रभित्र यस मापदण्ड प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनीको रूपमा सन नेपाल लाइफको अग्रणी भूमिका कायम छ।

प्रमाणपत्र नवीकरणपछि कम्पनीले निरन्तर रूपमा सूचना सुरक्षासम्बन्धी अभ्यास र नीतिहरू सुदृढ गर्दै लैजाने प्रतिबद्धता जनाएको छ। कम्पनीका अनुसार, यस कदमले ग्राहक, नियामक निकाय तथा सरोकारवालामाझ कम्पनीप्रति थप विश्वास र पारदर्शिता स्थापित गर्ने विश्वास लिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया