Nepal Life

पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको शव फेला

NMB Bank
  • BFIS News
  • 2025 Nov 04 13:35
पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको शव फेला
United Ajod

गोरखा, कात्तिक १८ गते । गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।

Shikhar
Nepal Life
NIMB

पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार दुवैको शव हिउँले पुरिएको अवस्थामा भेटिएको हो।

आरोहीहरूको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ। पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरबीच अलपत्र परेका थिए। फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकी फर्कने क्रममा परेको हिमपातका कारण अलपत्र परेका बताइएको छ।

उनीहरूसँगै अलपत्र परेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोलाई भने गत आइतबार हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ। त्यस क्रममा उनका साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङलाई पनि सोही दिन उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया