Nepal Life

जाजरकोटमा खोटो सङ्कलन गर्न गएका जयबहादुर शाहीको ढुङ्गा लागी मृत्यु

NMB Bank
  • BFIS News
  • 2025 Nov 04 13:41
जाजरकोटमा खोटो सङ्कलन गर्न गएका जयबहादुर शाहीको ढुङ्गा लागी मृत्यु
United Ajod

जाजरकोट, कात्तिक १८ गते । जिल्लाको कुशे गाउँपालिका–४ मा खोटो सङ्कलन गर्न गएका एक व्यक्तिको ढुङ्गा लागेर मृत्यु भएको छ।

Shikhar
Nepal Life
NIMB

सोमबार भिउँ कटेरी सामुदायिक वनमा खोटो सङ्कलनका क्रममा सोही वडाका अन्दाजी ६१ वर्षीय जयबहादुर शाहीको भिरबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको कुशे गाउँपालिका–४ का वडाध्यक्ष निमबहादुर शाहीले जानकारी दिनुभयो।

‘हिजो उहाँ खोटो सङ्कलन गर्न जानुभएको रहेछ, साँझसम्म घर नआएपछि खोज्न गयौँ, खोज्दा मृत अवस्थामा फेला पर्‍याैँ,’ वडाध्यक्ष शाहीले भन्नुभयो, ‘टाउकोमा गम्भीर चोट लागेको र माथिबाट ढुङ्गा खसेको देखिएको छ।’

वडाध्यक्षका अनुसार मृतक शाहीको शव घटनास्थलमै रहेको र मुचुल्का तयार गर्ने कार्य बाँकी छ। यसैबीच, जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया