Nepal Life

सूचक र कारोबार रकम दुबैमा गिरावट, २७ अंकले घट्दा ५ अर्ब १५ करोडको कारोबार

NMB Bank
  • BFIS News
  • 2025 Nov 04 15:13
सूचक र कारोबार रकम दुबैमा गिरावट, २७ अंकले घट्दा ५ अर्ब १५ करोडको कारोबार
United Ajod

काठमाडौं। नेप्से सूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ। नेप्से सूचक २७.६४ अंकले घट्दा कारोबार रकम ५ अर्ब १५ करोडमा सिमित भएको छ। आज ३३ वटा कम्पनीमा मात्रै सुधार देखिएकोमा २१३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। 

Shikhar
Nepal Life
NIMB

माबिलुङ इनर्जीको शेयर मूल्यका सकारत्मक सर्किट लागेको छ। हिजो सकारात्मक सर्किट लागेको मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ। 

जेनजी आन्दोलन पछि शेयर बजारमा चरम गिरावट सँगै क्रमक सुधार भइरहेकोमा सोमबार र आज मंगलबार पुनः घटेको छ। अझै पनि राजनीतिक स्थिरताको अवस्था छैन। बजारमा सामान्य उतारचढाव भइहरदा लगानीकर्ताको मनोबल भने बढ्न सकिरहेको छैन। बजार निकै तल झरिरकेकाले कतिपय लगानीकर्ताले मौका यहि हो भन्दै शेयर उठाइरहदा समय समयमा अल्पकालिन बुल देखिने गरेको छ। 

लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्थामा छन्। थप लगानी गर्ने भन्दा पनि थोरै थोरै लगानी गर्ने र नाफा बुक पनि सँग सँगै गर्ने प्रवृत्तीले बजार माथि जान सकिरहेको छैन। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया