Nepal Life

सडक निर्माणमा अनियमितता आरोपमा सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

NMB Bank
  • BFIS News
  • 2025 Nov 04 23:06
सडक निर्माणमा अनियमितता आरोपमा सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
United Ajod

कल्याणपुर, कात्तिक १८ गते । सप्तरीको महदेवा गाउँपालिकामा कृषि सडक निर्माणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कम्पनीसहित सात जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

Shikhar
Nepal Life
NIMB

महदेवा गाउँपालिका–२ दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता भएको भन्दै अख्तियारले मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आरोपपत्रमा कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्नकुमार झा, योजना प्रमुख विकास कुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, उपभोक्ता समिति अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्री देवी यादव, परामर्शदाता कम्पनी किरु इन्जिनियरिङ कन्सल्टेन्ट प्रा.लि. र सो प्रालिका प्रोप्राइटर हरिशकुमार सिंह विरुद्ध मुद्दा दायर गरिएको उल्लेख छ।

अख्तियारका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारबाट स्वीकृत २३ लाख ५२ हजार रुपियाँ लागतको सडक निर्माण कार्य सम्झौता तथा मापदण्डअनुसार पूरा नगरी पनि प्राविधिक प्रतिवेदन र रनिङ बिलको आधारमा १८ लाख २२ हजार ६०१ रुपियाँ भुक्तानी दिइएको थियो।

अख्तियारको प्राविधिक टोलीले स्थलगत नापजाँच गर्दा ६ लाख ९० हजार ६५७ रुपियाँ पाँच पैसा बराबरको रकम गैरकानुनी रूपमा हिनामिना भएको प्रमाणित गरेको छ। आयोगले ती सबै प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय, बिगो बराबरको जरिवाना र हिनामिना भएको रकम असुल उपरको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया