Nepal Life

इङ्ग्ल्यान्डका जोहन सिम्पसन एनपिएलमा काठमाडौँ गोर्खाजका खेलाडी

NMB Bank
  • BFIS News
  • 2025 Nov 04 23:09
इङ्ग्ल्यान्डका जोहन सिम्पसन एनपिएलमा काठमाडौँ गोर्खाजका खेलाडी
United Ajod

काठमाडौँ, मङ्सिर १८ गते । इङ्ग्ल्यान्ड राष्ट्रिय टोलीका पूर्व विकेटकिपर–ब्याट्सम्यान जोहन सिम्पसन आगामी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन् ।

Shikhar
Nepal Life
NIMB

काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमाडौँ गोर्खाजले एनपिएल–२ का लागि सिम्पसनसँग अनुबन्ध गरेको हो।

३७ वर्षीय सिम्पसनले इङ्ग्ल्यान्डबाट तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। सन् २०२१ मा पाकिस्तानविरुद्ध भएको सिरिजमा उनले सबै तीन खेल खेलेका थिए। लर्डसमा भएको दोस्रो खेलमा उनले १७ रन बनाउनासाथ ५ क्याच पनि समातेका थिए।

सिम्पसनले इङ्ग्ल्यान्डको घरेलु क्रिकेटमा ५४२ खेल खेलेका छन् र १६ हजार ५०० भन्दा बढी रन बनाइसकेका छन्। २२९ प्रथम श्रेणी खेलमा १९ शतकसहित ११ हजार ३५१ रन बनाएका उनी अनुभवी खेलाडी मानिन्छन्।

यसअघि नै काठमाडौँ गोर्खाजले दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरास्मस, अमेरिकी ब्याटर मिलिन्द कुमार, र इङ्ग्लिस काउन्टी खेलाडी बेन चाल्सवर्थ लाई पनि आगामी सिजनका लागि अनुबन्ध गरिसकेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया