Nepal Life

ताप्लेजुङ सीमाक्षेत्रको सशस्त्र प्रहरीले गर्‍यो निरीक्षण

NMB Bank
  • BFIS News
  • 2025 Nov 04 23:14
ताप्लेजुङ सीमाक्षेत्रको सशस्त्र प्रहरीले गर्‍यो निरीक्षण
United Ajod

ताप्लेजुङ, कात्तिक १८ गते । सशस्त्र प्रहरी बल नेपालले ताप्लेजुङको उत्तरी सीमाक्षेत्रमा निरीक्षण (गस्ती) गरेको छ। सशस्त्र प्रहरी बल नं. १ गुल्म मुख्यालय कञ्चनजङ्घा र ओलाङ्चुङगोला बिओपी (बोर्डर आउट पोस्ट) का संयुक्त टोलीले सो निरीक्षण गरेको हो।

Shikhar
Nepal Life
NIMB

कञ्चनजङ्घा गुल्मका गुल्मपति तथा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकको नेतृत्वमा गएको टोलीले चीनको तिब्बतसँग जोडिएको ओलाङ्चुङगोलास्थित सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको सप्रनाउ पाठकले जानकारी दिनुभयो।

उहाँका अनुसार यही कात्तिक ११ देखि १६ गतेसम्म भएको निरीक्षणका क्रममा टोलीले फक्ताङ्लुङ गाउँपालिका–७ अन्तर्गत मौवाटारदेखि ४,६०० मिटर उचाइमा रहेको स्यामचुङ क्षेत्रसम्म पुगेर गस्ती गरेको हो।

पछिल्लो साता परेको वर्षा र हिमपातका कारण टोलीले स्यामचुङभन्दा माथिको भागमा पुग्न नसकेको बताइएको छ। मौवाटार र वरपरको क्षेत्रमा बाक्लो हिउँ परेकाले आरोहण कठिन भएको प्रहरीको भनाइ छ।

सीमा क्षेत्रको गस्तीको क्रममा प्रतिकूल मौसमको बावजुद टोलीले निर्धारित मार्ग पूरा गरेको थियो। गत वर्ष पनि ओलाङ्चुङगोला बिओपीका सशस्त्र प्रहरीले ५,१५० मिटर उचाइमा अवस्थित टिपताला नाका क्षेत्रसम्म निरीक्षण गरेको थियो।

टिपताला पुग्न ओलाङ्चुङगोलाबाट करिब तीन घण्टाको पैदल यात्रा गर्नुपर्ने हुन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया