Nepal Life

नेपाल राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको एकैपटक जिम्मेवारी हेरफेर

NMB Bank
  • BFIS News
  • 2025 Nov 05 15:22
नेपाल राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको एकैपटक जिम्मेवारी हेरफेर
United Ajod

काठमाडौं, १८ कात्तिक। नेपाल राष्ट्र बैंकमा उच्च तहका ११ जना कार्यकारी निर्देशकहरूको एकैपटक जिम्मेवारी हेरफेर गरिएको छ। गभर्नर डा. विश्वनाथ पौडेलको निर्णयअनुसार बैंक तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय व्यवस्थापन विभागसहितका प्रमुख विभागहरूमा व्यापक हेरफेर गरिएको हो।

Shikhar
Nepal Life
NIMB

बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी रामु पौडेलले पाएका छन्। यसअघि उनी बैंक सुपरिवेक्षण विभागबाट मुद्रा व्यवस्थापन विभागमा सरुवा भएका थिए। करिब छ महिनापछि पौडेल पुनः राष्ट्र बैंकको शक्तिशाली मानिने नियमन विभागको नेतृत्वमा पुगेका हुन्।

यसअघि नियमन विभागको जिम्मेवारी सम्हालिरहेका गुरु प्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभागमा सरुवा गरिएको छ। रेवती प्रसाद नेपाललाई विदेशी विनिमय व्यवस्थापन विभागबाट सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाइएको छ भने विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व अब किरण पण्डितले गर्ने भएका छन्।

भुक्तानी प्रणाली विभागमा वित्तीय संस्था सुपरिवेक्षण विभागका सत्येन्द्र तिमल्सिनालाई जिम्मेवारी दिइएको छ। सो विभागका विश्रुत थापालाई मानव संसाधन व्यवस्थापन विभागमा सरुवा गरिएको छ।

त्यसैगरी, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ। हालै बढुवा भई गभर्नर कार्यालयमा पदस्थापन भएका राजन विक्रम थापा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका प्रमुख बनेका छन्।

मौद्रिक व्यवस्थापन विभागका दयाराम शर्माको सरुवा गभर्नर कार्यालयमा गरिएको छ भने सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा पठाइएको छ। बैंकिङ विभागमा कार्यरत डा. डिल्लीराम पोखरेलको सरुवा मौद्रिक व्यवस्थापन विभागमा गरिएको छ।

गभर्नर डा. पौडेलले गरेको यो हेरफेरलाई राष्ट्र बैंकभित्र व्यापक संरचनागत पुनर्संयोजनको रुपमा हेरिएको छ। बैंकका उच्च अधिकारीहरूका अनुसार, नयाँ व्यवस्थापनले विभागीय दक्षता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया