Nepal Life

नेपाल धितोपत्र बोर्डका अध्यक्ष र कर्मचारीबीचको वार्ता सकारात्मक, आइतबारदेखि आन्दोलन स्थगित हुने संकेत

NMB Bank
  • BFIS News
  • 2025 Nov 06 14:15
नेपाल धितोपत्र बोर्डका अध्यक्ष र कर्मचारीबीचको वार्ता सकारात्मक, आइतबारदेखि आन्दोलन स्थगित हुने संकेत
United Ajod

काठमाडौं, कात्तिक २० – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र आन्दोलनरत कर्मचारीबीच बिहीबार भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेको छ। वार्तामा सहमति भएका विषयहरू अनुसार प्रक्रिया अघि बढेमा कर्मचारीहरूको ४८ दिन लामो आन्दोलन आइतबारदेखि स्थगित हुने भएको छ।

Shikhar
Nepal Life
NIMB

आज बोर्डका अध्यक्ष श्रेष्ठ र कर्मचारीबीच भएको वार्तामा अर्थ मन्त्रालयको निर्देशनविरुद्ध कानुनी उपचारमा जानुपर्ने अडान कर्मचारीहरूले पुनः दोहोर्‍याएका थिए। कर्मचारीको सो अडानलाई अध्यक्ष श्रेष्ठले समेत स्वीकार गर्दै सोही बाटो अख्तियार गर्न सहमति जनाएका हुन्।

आजै अध्यक्ष श्रेष्ठले सञ्चालक बोर्डबाट अदालतमा जान आवश्यक अख्तियारी लिने सम्भावना रहेको बोर्डका पदाधिकारी बताउछन्। अध्यक्षले उक्त अख्तियारी प्राप्त गरेपछि कर्मचारीहरूले आन्दोलन फिर्ता लिएर नियमित काममा फर्किने सहमति जनाएका छन्।

वार्ताका क्रममा अध्यक्ष कानुनी उपचारमा जान सहमत भएका हुन्। उनले सञ्चालक बोर्डबाट आजै अख्तियारी ल्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। युनियनहरुले पनि अख्तियारी ल्याएपछि आन्दोलन फिर्ता लिएर काममा फर्कने जनाएका छन्। 

यसअघि अर्थ मन्त्रालयमा भएको सञ्चालक बोर्ड बैठकले अध्यक्षले अघि बढाउने निर्णयमा सञ्चालकहरूको सहमति हुने निर्णय गरेको थियो। तर, निर्णय माइनुट गर्नु अघि सञ्चालकहरूले कर्मचारीहरूसँग वार्ता गर्न सुझाव दिएका थिए। सोही सुझावअनुसार आज अध्यक्ष श्रेष्ठले कर्मचारीहरूसँग वार्ता गरेका हुन्।

अब सञ्चालक बोर्डले अध्यक्षलाई कानुनी उपचारमा जान औपचारिक अख्तियारी दिनेछ। त्यसपछि अध्यक्ष श्रेष्ठले अदालतमा रिट दायर गर्ने तयारीमा छन्। उक्त विवादको अन्तिम निर्णय अदालतले गर्नेछ र अदालतको फैसला सबै पक्षले स्वीकार गर्ने सहमति बनेको छ।

अर्थ मन्त्रालयले गत असोज २ गते नेपाल धितोपत्र बोर्डलाई कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र कर्मचारी सुरक्षा कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ खारेज गर्न निर्देशन दिएको थियो। साथै, सो कार्यविधिको आधारमा कोषबाट भएको भुक्तानी रकम सरकारी बाँकी सरह असुल गर्न समेत निर्देशन दिएको थियो। सोही निर्देशनको विरोधमा बोर्डका कर्मचारीहरू गत ४५ दिनदेखि निरन्तर आन्दोलनरत रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया