Nepal Life

अब स्थानीय निकायबाटै ‘प्यान नम्बर’ लिन सकिने

NMB Bank
  • BFIS News
  • 2025 Nov 06 14:41
अब स्थानीय निकायबाटै ‘प्यान नम्बर’ लिन सकिने
United Ajod

काठमाडौं ।  सरकारले आन्तरिक राजस्व विभाग अन्तर्गतका करदाता सेवा कार्यालयहरू खारेज गरेसँगै अब स्थायी लेखा नम्बर (प्यान) स्थानीय तहबाट नै प्राप्त गर्न सकिने भएको छ।

Shikhar
Nepal Life
NIMB

सरकारले प्यान वितरणको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेपछि सेवाग्राहीले अब आफ्नो बसोबास अनुसारको नगरपालिका वा गाउँपालिकामा गएर प्यानका लागि आवेदन दिन सक्ने छन्।

तर, कुनै स्थानीय तहले प्यान वितरण सेवा अझै सुरु नगरेको अवस्थामा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्यान बनाउन सकिने व्यवस्था गरिएको छ।

आन्तरिक राजस्व विभागका अनुसार करदाता सेवा कार्यालयहरू खारेज गर्ने निर्णय भए पनि वैकल्पिक व्यवस्था पूर्ण रूपमा कार्यान्वयन नहुँदासम्म अहिलेका करदाता सेवा कार्यालयहरूबाट नै सेवा प्रदान गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया